.फेसबुक संस्थापक जुकेरबर्ग छोरीका पिता बन्दै....पढ्नुहोस पुरा समाचार
Advertisement

फेसबुकका संस्थापक मार्क जुकेरबर्ग छोरीका पिता बन्ने भएका छन्। फेसबुकमा श्रीमती प्रीसिला चानसँग आफ्नो एउटा फोटो पोष्ट गर्दै उनेले परिवारमा नयाँ सदस्य थपिन लागेको जानकारी दिएका हुन्।

'प्रीसिला र मसँग एउटा निकै रामोञ्चक खबर छ। हामी एक छोरीको मातापिता बन्नेवाला छौं' ३१ वर्षीय जुकेरबर्गले लेखेका छन्। यसअघि उनकी श्रीमतीको तीन पटक बच्चा खेर गएको वा गर्भपतन गराउनु परेको थियो। 'यो पटक त्यस्तो खतरा कम छ', सिलिकन भ्यालीका आइकन जुकेरबर्गले लेखेका छन्।

उनले आफ्नो अनुभव सेयरले यस्तै परिस्थितिबाट गुज्रिरहेका जोडीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। 'मलाई यो विश्वास छ हाम्रो अनुभवले अरुलाई पनि आशा दिनेछ। यसले गर्दा धेरै मान्छेले आफ्नो यस्तै अप्ठ्यारो परिस्थिति सेयर गर्दै हल्का अनुभव गर्न सक्नेछन्', उनले भनेका छन्।

'धेरै मान्छे बच्चा खेरजाने जस्तो विषय सेयर गर्दैनन्। उनीहरुलाई लाग्छ कि त्यस्तो समस्याले उनीहरुलाई समाजबाट टाढा पारिन्छ। उनमै केही कमी भएको ठानिन्छ अथवा उनीहरुले नै केही यस्तो गरे जसका कारण बच्चा खेरगयो', जुकेरबर्गले लेखेका छन्।

उनले अहलिे जन्मिन लागेकी छोरी नै फेसबुकको उत्तराधिकारी हुने घोषणा समेत गरेका छन्। 'अल्ट्रासाउन्डमा उनले आफ्नो बुढी औंँल देखाएर लाइक गरिन्। त्यसैले म आश्वस्त छु मपछि उनले नै जिम्मेवारी सम्हाल्नेछिन्', ४२.५ बिलियिन अमेरिकी डलरका मालिक जुकेरबर्गले निकै प्रशन्न भएर लेखेका छन्।

उनले बच्चा जन्मिने मिति भने खुलाएका छैनन्।

कलेज जीवनदेखि नै प्रेमी प्रेमिका रहेका मार्क—प्रीसिलाले सन् २०१२ मा सम्बन्धलाई विवाहमा परिणत गरेका थिए। फेसबुक स्थापनाले जुकेबर्गलाई विश्वका धनीहरुको सूचिमा अगाडि पु¥याए पनि सन् २००२ देखि स्थापित सम्बन्धमा उनले कुनै परिवर्तन गरेनन्। प्रीसिला चिनियाँ शरणार्थी मातापिताकी छोरी हुन्।source taja khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.