.खुसको खवर निःशुल्क भिसा र टिकटको प्रावधान व्यवसायीहरुले स्विकारे...
Advertisement
शनिबार राति यसबारे सरकारसँग ३१ बुँदे सहमति भएको हो । सहमति भएसँगै आइतबारदेखि मेनपावर कार्यालयहरु खुल्ने भएका छन् ।
justify;">सहमतिअनुसार अब तीन महिनाका लागि परीक्षणका रुपमा निःशुल्क भिसा र टिकटको प्रावधानलाई मेनपावर व्यवसायीहरुले स्विकार्ने छन् ।
फ्रि भिसा र टिकटमा कामदार गर्न विदेश गएकाहरु व्यवसायीको कमजोरीका कारण अलपत्र परे व्यवसायीले नै नेपाल झिकाउनुपर्ने र कामदारका व्यक्तिगत कारण भए कामदार स्वयंले नै लागेको खर्च तिरेर नेपाल आउनुपर्ने विषयमा सहमति भएको छ ।
सरकारी निर्णयबारे अध्ययन गर्न एक कार्यदल पनि गठन गरिने भएको छ । कार्यदलले खाडी मुलुकका ६ देश र मलेसियामा स्थलगत भ्रमण गरेर प्रतिवेदन तयार पार्नेछ ।
सोही प्रतिवेदनअनुसार तीन महिनापछि फ्री भिसा र फ्री टिकटको सरकारी निर्णय कार्यान्वयन हुने/नहुनेबारे टुंगो लाग्ने बताइएको छ ।
सरकारले असार २१ गतेदेखि खाडी देशका ६ र मलेसिया गरी ७ देशमा फ्री भिसा र टिकटको प्रावधान लागू गरेपछि मेनपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।
source imagekhabar
Advertisement