.मेरो बुबाले मलाई आमाकै अगाडी बलात्कार गर्छन...
Advertisement
मुम्बई (नवभारत टाईम्स) । भारतको मुम्बईको एक क्षेत्रमा एक १३ वर्षीया बालिकाले गत हप्ता आफ्ना शिक्षकलाई एक पत्र दिइन् तर यो कुनै सामान्य पत्र थिएन र यो कुनै बिदाको अर्जी पत्र पनि थिएन । यो पत्र थियो – मानव सभ्यतालाई नै चुनौती दिने खालको । यसै पत्रमार्फत् बालिकाले आफ्ना शिक्षकसँग सहायताका लागि अनुरोध गरेकी थिइन् । पत्रको व्योहोरा थियो – ‘मेरा पिता मलाई आमाकै अगाडी बलात्कार गर्दछन् र आमा चुपचाप हेर्छिन् , केही पनि गर्दिनन् ।’
पत्र पढेर शिक्षकको मनोदशा नै यति बिग्रेको थियो कि उनी यसबारेमा एक शब्द बोल्न पनि नसक्ने अवस्थामा थिए । पत्र पढ्नासाथ शक्षकले घिनका साथ पत्र फयाँलिदिए तर तत्कालै सम्हालिएर कसैले पढ्ला भन्ने आशङ्कामा पत्रलाई भुँइबाट टिपेका थिए ।
पत्र पाएपछि शिक्षकले सोमबार मुम्बईको वाशीस्थित एक गैर सरकारी संस्थामा सम्पर्क गरे । सो संस्थाले ती बालिकाका विकृत मातापितामाथि मुद्दा दायर गरेका छन् । पुलिसका अनुसार ती बालिकाका पिता फलफूल व्यापारी हुन् । पुलिसलाई दिएको बयानमा बालिकाले आफुलाई आमाकै सामुन्ने बलात्कार गर्ने र पछि आमाले खानका लागि केही औषधि दिने गरेको बताइन् । आफु सात वर्षको हुँदादेखि नै पिताले यस्तो कुकृत्य शुरु गरेको भनाई पनि उनको थियो ।
यसबारे पटक पटक शिकायत गरे पनि आमाले केही नगरेको पनि उनले पुलिससलाई जानकारी दिइन् । आमाले दिने गर्भवती हुन रोक्ने औषधिबारे पनि पुलिसले अनुसन्धान गरिरहेको छ । यी पीडित बालिकाको एक दिदी र दाईका साथै दुईवटा भाइहरु पनि छन् । दाइ भाइहरु घर नहुँदा उनी बाबुको शिकार बन्ने गर्दथिइन् । बालिकाले पिताको यस कुकृत्यबारे १७ वर्षीया दिदीलाई बताए पनि उनले पनि केही नगरेको पुलिसको बयानमा छ ।
पुलिसका अनुसार उनकी दिदी परिवारसँग बस्दैनन् र उनी पनि बाबुको यौन हिंसाको शिकार भैसकेको जानकारी पीडित बालिकाले दिएको बताईएको छ । यी बालिकाले बाबुको पाशविक क्रियाकलापबारे छिमेकीहरुलाई समेत जानकारी दिए पनि उनीहरु पनि यस मामिलाबाट टाढै रहन चाहे र पुलिसलाई खबर गर्ने सल्लाह मात्र दिए ।
नाम बताउन नचाहने वाशी पुलिस स्टेशनका एक पुलिस अधिकारीका अनुसार केही संस्थाहरुले यी बालिकाको विद्यालय लगायत सो क्षेत्रमा रहेका विद्यालयहरुमा यौन उत्पीडनका बारेमा जानकारी तथा परामर्श दिन शुरु गरेका थिए र शायद यसै बेलादेखि बालिकामा आफ्ना मातापिताका विरुद्धमा बोल्नु पर्दछ भन्ने लागेको हुन सक्दछ ।
उजुरी परे सँगै पुलिसले पीडित बालिकाकी आमालाई पनि सोधपुछ गरेको थियो तर उनले छोरीद्धारा लगाईएका आरोपहरु झुठा भएको बताइन् । ती महिलाले आफुलाई पतिको कुकृत्यबारे १५ दिन अघिमात्र थाहा भएको र तत्कालै पतिलाई गाली गरेको दावी गरिन् । साथै उनले छोरीसँग अलग रहन पति भनेको पनि पुलिसलाई बताईन् । अहिले बालिकालाई गैर सरकारी संस्थाको संरक्षणमा राखिएको छ ।
बालिकाका मातापिताविरुद्ध भारतीय कानुन अनुसार यौन हिंसाविरुद्ध बालबालिकाको संरक्षणसम्बन्धी मुद्धा लगाईएको छ । यस मुद्दामा अहिले बालिकाका पितालाई मात्र पक्राउ गरिएको र अदालतमा पेश गरिएको छ । डेपुटी कमिशनर अफ पुलिस शाहजी उमाले यस घटनाको पुष्टि गर्दै पितालाई पक्राउ गरिएको र घटनामा आमाको भूमिकाबारे छानबिन भैरहेको जानकारी दिए । source canadanepai
Advertisement