.सलमानका पिताले भने–सलमानको बिहे अल्लाहले पनि जान्दैनन्...
Advertisement

सलमान खानको पछिल्लो फिल्म ‘बजरंगी भाइजान’ ले बक्सअफिसमा धमाका पिटिरहेको छ । सँगै, उनका पिता सलीम खानले बजरंगी भाइजान रिलिजको अघिल्लो दिन सोही नामसँग मिल्दोजुल्दो ‘जियोग्राफी विथ बजरंगी भाइजान’ नामक पुस्तक विमोचन गरेका छन्। यसै मौकामा सलमानका पिताले उनको बाल्यावस्था र विवाहसँग जोडिएका प्रसंगहरुबारे खोले।


लामो समयदेखि सलमान खानको विवाहलाई लिएर चलेको बहसमा पत्रकारले सोधेको प्रश्नमा सलीमले मुखै फोरेर भनिदिए,‘यस प्रश्नका जवाफ म त के अल्लाह मियाँले पनि दिन सक्दैनन्।’

सलीमको यस्तो जवाफबाट मिडियाले अन्दाज लगाइहाले, उनको बिहेलाई लिएर परिवार पनि हैरान भइसके र सोच्न पनि छोडिदिए।

पुस्तक विमोचन समारोहमा सलीमले छोरा सलमानलाई  उडाउनुसम्म उडाए। उनले सलमानको बाल्यावस्थासँग जोडिने प्रसंगमा सलमानलाई जिस्काउँदै सोधे,‘तिमी सानो छँदा एकजना व्यक्ति थिए, जसले तिमीलाई पढाउँथे। तिमी परिक्षाभन्दा अघि त्यो व्यक्तिसँग म जाँचमा पास हुन्छु कि हुँदिन भन्दै सोध्न जान्थ्यौ। तिमी त्यही व्यक्तिकै कारण पास हुने गथ्र्यौ। त्यो व्यक्तिको नाम के हो रे ?’

पिताको प्रश्नमा सलमानले भने हाँस्दै भने,‘याद छैन ड्याडी !’ बाबुछोराको यस्तो सवालजवाफ सुनिरहेका उपस्थित भएका सबै गलल्ल  हाँसे। सलीमले सलमानलाई उडाउने प्रसंग अझ थप्दै जाँदा सलमान भने मुस्कुराइरहन्थे।source taja khabar

Advertisement


, ,

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.