.मुक्का हान्नेलाई जेल सजाय, सवारीमा लापरवाही गरेर अरुको ज्यान जोखिममा पार्नेलाई २ सय जरिवाना ...
Advertisement

ट्राफिक प्रहरीका रुपमा मैले काम गरेको २५ वर्ष भइसकेको छ । यस अवधिमा मैले उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा रहेर काम गर्ने अवसर पाएको छु । मेरो अनुभवको आधारमा भन्ने हो भने आज राजधानीको ट्राफिक व्यवस्थापनमा भोग्नु पर्ने समस्याको मूल कारण भनेको सडकको अनुपातभन्दा धेरै सवारी साधन हुनु नै देखिन्छ । २०४९ को तथ्यांक हेर्ने हो भने यहाँ ४९ हजार सवारी साधन रहेको देखिन्छ तर आज त्यो संख्या ह्वात्तै बढेको छ । सडक विस्तार हुन सकेको छैन तर दिनानु सवारी साधनको संख्या बढिरहेको छ । पछिल्लो तथ्यांकका अनुसार सडक जम्मा २ सय प्रतिशतले बृद्धि भएको छ भने सवारी साधानको संख्या भने ९ सय प्रतिशतले बृद्धि भएको देखिन्छ । यसको साथै, राजधानीमा बढिरहेको जनसंख्याको कारणले पनि आजको दिनमा ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको छ ।
सबैभन्दा चुनौतीपूर्ण दिन भनेको शुक्रबार र आइतबार हो । शुक्रबार सबैजना रमाइलो गर्न खोज्ने र अफिस सकेपछि पनि परिवार र साथीभाइसँग बाहिर खान जान्छन् । त्यतिबेला सबैलाई हतार र अबेरसम्म ट्राफिक हुनेगर्छ । त्यस्तै एक दिन छुट्टी पछि आइतबार आउने हुँदा यस दिनपनि निकै ट्राफिक हुने र व्यवस्थापन चुनौतीपूर्ण हुनेगर्छ ।
यहाँ ट्राफिक संस्कारलाई पालना नगर्ने पनि उत्तिकै भेटिन्छ । यहाँ आम मानिसमा कस्तो सोचाई रहेको छ भने ट्राफिक नियम भनेको ट्राफिक प्रहरीका लागि हो, हामीले उनीहरुका लागि यो नियम मानिदिनुपर्छ ।
यहाँ ट्राफिक संस्कारलाई पालना नगर्ने पनि उत्तिकै भेटिन्छ । यहाँ आम मानिसमा कस्तो सोचाई रहेको छ भने ट्राफिक नियम भनेको ट्राफिक प्रहरीका लागि हो, हामीले उनीहरुका लागि यो नियम मानिदिनुपर्छ । उदाहरणका लागि मोटरसाइकलमा तीन जना बसेर निर्धक्क हिँडिराखेका हुन्छन् तर ट्राफिक देख्ने बित्तिकै ‘ए झर, झर ट्राफिक प्रहरी आयो’ भन्छन् । त्यस्तै छतमा यात्रु राख्ने गाडी, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु पनि ट्राफिकलाई छल्न खोजिरहेका हुन्छन् । यसले के देखाउँछ भने यहाँ ट्राफिक नियम आफ्नो सुरक्षाका लागि हो भन्ने जनचेतनाको कमी रहेको छ । यसैको कमीले गर्दा आज हामी सडक, सडकपेटीदेखि लिएर स्कूल कलेजसम्म पुग्नुपरेको छ, हुँदाहुँदा खाल्डो पुर्ने काम पनि कहिले हामीले गर्नुपर्छ । यति धेरै काम हामीले गर्नुपर्छ तर त्यस अनुपातमा हामीसँग अधिकार भने कम रहेको छ । यसले पनि समस्या उत्पन्न भइरहेको छ ।
दुर्घटना बढ्नुको सबैभन्दा पहिलो करण भनेको मानवीय कारण नै हो । जस्तै, हतार गरी सवारी चलाउनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, गलत स्थानमा पार्किङ गर्नु आदि । त्यस्तै, सडकको अवस्थाले गर्दा पनि धेरै दुर्घटना हुने गरेका छन् । सडकको वातावरण जस्तै सडक बत्ति, पेटी, चिन्ह, आदीको कमीले गर्दा पनि दुर्घटना हुने गर्छन् । यसको साथै, नयाँ बनेका सडकमा विस्तृत अध्ययन बिना नै सवारी संचालनमा ल्याइदा पनि दुर्घटना हुने गरेको पाइएको छ । त्यसपछि सवारी साधनको अवस्था जस्तै समयमा सवारी मर्मत नगर्नु, गाडी पुरानो हुनु, पाटपुर्जा नक्कली हुनु पनि दुर्घटनाको मुख्य कारणहरु मध्ये एक हो । त्यस्तै कहिलेकाहीँ बाढी, पहिरो, हिमपातलगायतका वातावरणीय कारणले पनि दुर्घटना हुने गरेका छन् ।
कसरी व्यवस्थित गर्ने ?
सबैभन्दा पहिलो सुधार गर्नुपर्ने त ट्राफिक जनचेतना नै हो । स्कूलदेखि कलेजसम्म ट्राफिक शिक्षा अनिवार्य गरिनुपर्छ । जनचेतना बिना ट्राफिक नियम लागु हुन सक्दैन ।
Sitaram-Hachhetu-3
त्यस्तै, अहिले ट्राफिक देख्ने बित्तिकै ‘ए झर, झर ट्राफिक प्रहरी आयो’ भन्छन् । नियम उल्लंघन गर्दा जुन सजायको प्रावधान रहेको छ, त्यो निकै कम छ । आजका दिनमा हेर्ने हो भने केही बुँदाबाहेक सामन्य रुपमा जरिवाना भनेको २५ रुपैयाँ देखि २ सय रुपैयाँ मात्र रहेको छ । यो प्रावधान २०४९ सालमा बनेको नियमावलीमा आधारित रहेको छ, तर आज त्यति बेलाको स्थिति भन्दा फरक रहेको छ । मलाई त के लाग्छ भने जरिवाना गर्ने हो भने कम्तिमा ५ सय रुपैयाँ गर्नुपर्छ । किनभने यहाँ कसैलाई मैले जरिवाना गर्ने हो भने कम्तिमा ५ सय रुपैयाँ गर्नुपर्छ ।
नियम पालना गर्नुपर्छ भन्ने चेतना छैन । यहाँ ठूलो कारवाहीको डर बिना कसैले नियम पालना गर्दैनन् । उदाहरणको लागि मैले हेल्मेट मेरो लागि लगाउने हो, नत्र मेरो टाउको फुट्छ भन्ने भन्दा पनि ट्राफिकले जरिवाना गर्छ भनेर यहाँ हेल्मेट लगाइने गरिन्छ । तैपनि हेलमेट लगाएन भने यहाँ जरिवाना पनि ठूलो छैन । त्यही भएर यस्ता गल्ती दोहोरिने गर्छ । कि त मानिसमा स्वविवेक हुनुपर्यो कि दण्ड धेरै हुनुपर्यो अनि मात्र ट्राफिक व्यवस्था सहज हुन्छ ।
जापानको उदाहरण हेर्ने हो भने त्यहाँ रक्सी सेवन गरेर सवारी चलायो भने ३ लाख जरिवाना हुन्छ भने चीनमा ६ महिना जेल सजाय हुन्छ । जापानमा त अझ मादक पदार्थ सेवन गरेका चालकसँग सवारीमा बस्नेहरुमाथि पनि केही प्रतिशत रकम जरिवाना लिइन्छ ।
जापानको उदाहरण हेर्ने हो भने त्यहाँ रक्सी सेवन गरेर सवारी चलायो भने ३ लाख जरिवाना हुन्छ भने चीनमा ६ महिना जेल सजाय हुन्छ । जापानमा त अझ मादक पदार्थ सेवन गरेका चालकसँग सवारीमा बस्नेहरुमाथि पनि केही प्रतिशत रकम जरिवाना लिइन्छ । किनभने मदक पदार्थ सेवन गरेको सवारी चालकलाई सवारी चलाउन नदिनु उसको जिम्मेवारी हो । उसले किन मदक पदार्थ सेवन गरेको व्यक्तिलाई गाडी चलाउन साघाएको भन्दै जरिवाना असुलिन्छ ।
अर्को सुधार गर्नुपर्ने भनेको सडकका अवस्था हो । आज सडको अवस्था यति नराम्रो छ कि त्यसले धेरै दुर्घटना निम्ताइरहेको छ । अहिले हिँडेको बाटोमा भेरे खाल्डो भइसक्छ । त्यसपछि सुधार गर्नुपर्ने भनेको सडक वातावरण हो । जस्तै, सडकको छेउमा बत्ति हुँदैन, आवश्यक सूचना दिने संकेत हुँदैन, यसलाई पनि सुधार गर्नुपर्ने हुन्छ ।
त्यस्तै अझ ट्राफिक व्यवस्थापनलाई सुदृढ गर्ने हो भने ट्राफिक प्रहरीको पनि सुदृढिकरण आवश्यक छ । जस्तै आधुनिक उपकरणहरु दिने, सवारी साधनहरु उपलब्ध गराउने आदि । किनभने कहिलेकाँही नियम उल्लंघन गरेर कोही भाग्यो भने पनि उसलाई समात्नसमेत सवारी हुँदैन ।
Sitaram-Hachhetu-2
म ललितपुर आएको सात महिना भयो । सबैभन्दा पहिले म आएपछि जाउलाखेल सेन्ट जेभियर्स अगाडि धेरै जाम हुने ठाउँको पर्खाल भत्काएर सडक चौडा बनाएँ । त्यसपछि जावलाखेल चोकमा सवारी रोक्ने गरिएकोमा त्यसलाई प्रतिबन्ध गरें भने ग्वार्कोदेखि मंगलबजारको सडकलाई एकतर्फी गरेर जाम निकै कम भएको छ । त्यस्तै, कुमारी पाटी, कृष्णगल्ली, पाटन ढोका र मानभवनको अव्यवस्थित पार्किङ र मंगलबजारको अव्यवस्थित पार्किङ पनि हटाउने काम गरिएको छ । त्यस्तै यस रुटमा चल्ने गाडीहरुका लागि विभिन्न स्थानमा विसौनी निर्धारण गर्ने काम भएको छ । त्यस्तै ललितपुरका लागि ११०३ टोल फ्रि नम्बर प्रयोगमा ल्याइएको छ । अब यस रुटमा चल्ने गाडीमा कहाँबाट कहाँसम्म जाँदा कति भाँडा लाग्छ भन्ने सूचना राख्ने बाँकी छ, यो पनि कार्यान्वयनको चरणमा रहेको छ । त्यस्तै आगामी हप्तादेखि स्कूल र कलेजमा ट्राफिक जनचेतना दिने काम शुरु गर्न लागेका छौं । मुख्य कुरा भनेको यस क्षेत्रमा ट्राफिक प्रहरीको भवन निर्माण गर्नका लागि जनस्तरबाटै सहयोग संकलन गरेका छौं । यसका लागि कमिटी गठन समेत भइसकेको छ । यो प्रक्रिया पनि चाँडै शुरुवात गर्ने छौं ।
साँचिक्कै ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने हो भने कोही भाग्यो भने पनि उसलाई समात्नसमेत सवारी हुँदैन । जनचेतनामा बढी ध्यान दिन जरुरी छ । ट्राफिक व्यवस्थापन मानिसको जीवनसँग जोडिने हुँदा यसका लागि पाठ्यक्रम नै किन विकास नगर्ने ? अझ आगामी आर्थिक वर्षलाई ट्राफिक जनचेतना वर्ष किन नमनाउने ? यसरी आम मानिसलाई ट्राफिक नियमको बारेमा आवश्यक जानकारी दिनसकिन्छ । त्यस्तै अहिलेको लाइसेन्स लिने प्रक्रियामा पनि पुर्नविचार गर्न जरुरी देख्छु । यसका लागि अनिवार्य दुई महिना सम्बन्धित निकायबाट अनुमति प्राप्त संस्थाबाट अनिवार्य दुई महिना कक्षा र प्रशिक्षण लिएपछि मात्र लाइसेन्सको लागि जाँच दिन पाउने व्यवस्था गरिनुपर्छ जस्तो लाग्छ ।
यसो गरे भने पनि दुर्घटनामा निकै कमी आउँछ जस्तो मलाई लाग्छ । त्यस्तै, हाम्रोमा मुक्का हान्नेलाई २४ दिनसम्म थुन्न सक्ने अधिकार छ भने सवारी ऐनमा ठूलो सजायको व्यवस्था नै छैन । मुक्का हान्नेलाई जेल सजाय हुने तर सवारीमा लापरवाही गरेर अरुको ज्यान जोखिममा पार्नेलाई २ सय रुपैयाँ मात्र जरिवाना ? मानिसमा स्वविवेकको कमी भएको अवस्थामा कडा जरिवाना, दण्ड र सजायबाट मात्र ट्राफिकलाई व्यवस्थित गर्न सकिन्छ जस्तो लाग्छ ।
ट्राफिक प्रहरीमा २५ वर्षको अनुभव लिएका ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुसँग विधान श्रेष्ठले गरेको ट्राफिक संवादsource rato pati

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.