.२३ नेपाली युएईको दुबई जेलमा,एक नेपालीलाई मृत्युदण्डको सजाय..
Advertisement
२३ जना नेपालीले संयुत्त अरब एमिरेट्स युएईको दुबई राज्यमा कैदी जीवन बिताउन बाध्य बनेका छन् । उनीहरु विभिन्न आरोपमा जेलमा परेका हुन् । जेल जीवन बिताउँदै आएका एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको बताइएको छ ।
दूतावासको तथ्याकं अनुसार जेल जीवन बिताउने मध्ये ४ जना महिला छन् । ती ४ महिलाहरुलाई दुबईमा रहेको महिला कारागारमा राखिएको छ । १९ जना पुरुष नेपाली मध्ये ५ जनालाई दुबईको अल अविर स्थित सेन्ट्रल जेलमा छन् । त्यस्तै बाँकी दुबईमा रहेको अपराध अनुसन्धान केन्द्रमा रहेका छन् । सेन्ट्रल जेलमा रहेका ५ जना मध्ये एक जनालाई हत्या आरोप र अर्का एक जनालाई भने बलत्कारको आरोप छ ।
बाँकी ३ जना मध्ये एक जनालाई कसैको हत्या योजना बनाएकोले आजीवन कैद सजाय सुनाइएको छ । अर्का एक जनालाई लागु पदार्थ ओसारपोसारमा सम्लग्न भएको भन्दै आजीवन कैद सजाय सुनाइएको हो । त्यस्तै अर्का एकजना सामान चोरीमा संलग्न भएका कारण जेलमा छन् । जेलमा रहेका अरु १४ जना नेपालीमाथि पनि विभिन्न आरोप लागेको छ ।
जेल जीवन बिताइ रहेका ४ जना महिला मध्ये एक जनालाई हत्या प्रयास गरेको र अर्की एकलाई झुट्टा कागज पत्र बनाइ प्रयोग गरेको आरोप लागेको छ । बाँकी २ जना महिलालाई अबैधानिक रुपमा परपुरुषसँग अश्लिल व्यवहार गर्दै गरेको अवस्थामा र अर्की एकलाई अवैधानिक रुपमा युएईमा आई दुबईलाई ट्रान्जिट बनाएर अन्य मुलुक जाने अवस्थामा पक्राउ गरेर जेलमा राखिएको हो । जेल जीवन जीवन बिताई रहेकाको पूर्ण ठेगाना पारिवारको अनुरोधका कारण सार्वजनिक गरिएको छैन ।
युएईका विभिन्न जेलमा रहेका नेपालीको बारेमा बाहिर नखुलाइएको भएपनि दुबईमा २३ जना नेपालीले जेल सजाय भोगिरहेको र कर्मचारी अभावका कारण नियमित जेल भ्रमण गर्न नसकिएको युएईका लागि नेपाली राजदूत धनन्जय झाले जानकारि दिनुभयो । राजदूत झाले यहाँका जेलमा रहेका नेपालीको बारे आफूले सोधखोज गरिरहेको बताउनुभयो ।source .nepaljapan
Advertisement