.अर्थमन्त्री महतलाई पार्टीबाटै निष्कासन गर्न काँग्रेस नेतृ सुजाता कोइरालाको माग
Advertisement

 विराटनगर । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले अर्थमन्त्री डाक्टर रामशरण महतलाई पार्टीबाटै निष्कासन गर्न माग गर्नुभएको छ ।

सरकारले ल्याएको बजेटबाट सत्तारुढ एमाले लगायत अधिकांस सभासद्हरु असन्तुष्ट भईरहेको बेला बजेटकै विषयलाई लिएर कोइरालाले पनि महतमाथि असन्तुष्टि पोख्नु भएको  हो । शुक्रवार विराटनगरमा संचारकर्मीहरुसंग नेतृ कोइरालाले नेपाली कांग्रेसका दिवंगत नेताहरुको नाम नै डुबाउन अर्थ मन्त्री डा. महत लागिपरेकाले उनलाई निष्कासन गर्नुपर्ने माग गर्नुभयो । उहाँले अर्थतन्त्र बारे जानकारी नै नभएको व्यक्तिलाई अर्थमंत्री बनाएका कारण नेपाली कांग्रेसको साख गिर्दै गएको टिप्पणी गर्नुभयो ।
नेतृ कोइरालाले संयुक्त राष्ट्रसंघको जागिरेलाई गिरिजाबाबुले अर्थमन्त्रीको पद सम्म पु¥याएको तर अहिले गिरिजाबाबुको नाम समेत उच्चारण गर्न नमान्ने गरेको भन्दै महत पुराना नेताहरुलाई सिध्याउने खेलमा लागेको आरोप लगाउनु भयो । नेतृ कोइरालाले अर्थमन्त्रीको डिभी बारे छानबिन गर्न माग गर्दै डिभी फेला परे आजीवन कारावासको सजाय हुनुपर्ने दाबी गर्नुभयो । source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.