भिडीयो छायांकन गर्दै गर्दा नेपाली मोडलको नयाँ दिल्लीमा म्रुत्यु
Advertisement
काठमाण्डौ । मोडल सबिना बिकको दिल्लीमा भिडीयो छायांकन गर्दै गर्दा म्रुत्यु भएको छ । म्युजिक भिडियोको सुटिङका लागि भारतको नयाँ दिल्लीमा रहेको छायांकन टोली शोकमा परेको छ ।
भिडियोकी मोडल सविना विकलाई रेलले ठक्कर दिँदा उनको मृत्यु भएको हो । भिडीयो खिच्ने क्रममा रेलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छायांकार मुकेस हुमागाइले जानकारी दीए ।
चलचित्र ‘टाइम नेभर कम ब्याक’मा समेत सहनायिका भएर काम गरेकी सविना नयाँ दिल्लीमै बस्ने गर्थीन् । ‘सातवटा म्युजीक भिडीयो खिच्न दिल्ली पुगेको टोलीले पाँच वटा गीतको सुटिङ भने सकिइसकेको थियो ।
भिडीयो छायांकनको लागी नेपाल बाट निर्देशक नवीन पन्त, छायाकार मुकेश हुमागाइँ, मेकअप आर्टिस्ट उर्मिला राई लगायतको टोली भारतको नयाँ दिल्ली पुगेका थिए ।
source newsabhiyan
Advertisement