..‘नचाहँदा नचाहँदै आमाबुबाले मलाई त्यो पापीको काखमा....'
Advertisement

भनिन्छ आमाबाबु छोराछोरीका लागि भगवान हुन् तर, यहाँ एक युवती आफ्नै आमाबाबुका कारण यौन शोषणको सिकार बनेकी छिन् ।
बिहारको गयामा एक बाबुले इच्छाविपरित आफ्नै छोरीलाई छिमेकीको हातमा सुम्पिदिएका छन् । पैसाको लोभमा बाबुले आफ्नी छोरीलाई पहिला आफूले यौन शोषण गरी शारीरिक सम्पर्कका लागि छिमेकीलाई नै बेचेका हुन् । यो क्रम करिब २ वर्षसम्म चलेको थियो ।

यस्तो काम गर्ने क्रममा उनकी छोरी गर्भवती भईन्, तर, उनलाई गर्भपतन गराएर फेरि धन्दामा लगाइयो । छोरीले जब आमालाई यो कुरा बताइन् तब आमाले पनि चुप लागेर बस्ने सल्लाह दिइन् । करिब २ वर्षको यस्तो शोषणपछि अन्तिममा पीडित युवती आफ्ना नातेदारको मद्दले पुलिसको ढोकामा न्याय माग्न पुगेकी छिन् । उनको गुहार सुनेर पुलिसले घटनामा अनुसन्धान थालेको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअुनसार फतेहपुर थानाको एक गाउँकी युवती पिताको अत्याचारबाट हैरान भएर घरबाट भागिन् । भागेर गयामा एक नातेदारको घर पुगेर उनले आफूमाथि भएको सबै शोषणबारे आफन्तलाई सुनाईन् ।
 त्यसपछि उनका आफ्न्तले उनलाई लिएर एसएसपी अफिस पुगे । पीड़ित युवतीले पुलिसलाई दिएको बयान अनुसार सानै उमेरमा पिताले उनको यौन शोषण गरेका थिए । उमेर कम भएकाले उनलाई पहिला यौन शोषणबारे केही थाहा थिएन् । उमेर बढ्दै गएपछि उनले सबै कुरा आफ्नी आमालाई बताईन् ।
आमाले पितालाई यस्तो हर्कतबाट रोक्न खोजे, तर उनी मानेनन् । उनका पिताले आमालाई मार्ने धम्की सम्म दिँदै आफूपनि आत्महत्या गर्ने चेतावनी पनि दिए । यस्ता धम्की, चेतावनीबाट डराएर आमाले छोरीलाई चुप लाग्न सल्लाह दिईन् । त्यसपश्चात पितासँगै उनीसँग छिमेकी पनि घरमा घुसेर बलात्कार गर्न थाले ।
यो क्रममा उनी तीन पटक गर्भवती भइन्, तर उनको गर्भपतन गराइयो । एसएसपीका अनुसार पीड़ित युवतीको आरोप एकदमै गम्भीर छ । रामपुर थानामा महिला पुलिसले यो मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाएका छन् ।
पीडक आमाबुबा र छिमेकीलाई प्रहरीले गिरफ्तार गरेको छ । यो मुद्दा छिट्टै अदालतमा दर्ता गरिनेछ । अदालतबाट दोषी ठहरिए बाबु र छिमेकीलाई १० वर्षको जेल सजायँ हुनेछ ।source:np news line

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.