फाँसी पूर्व याकूबको अन्तिम इच्छा यस्तो थियो !
Advertisement

२०५१ साल साउन १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएका मुम्बई हमलाका मुख्य दोषी याकूब मेमनलाई नेपाल प्रहरीले भारतको जिम्मा लगाएको थियो ।

सन् १९९३ मा सयौंको ज्यान जाने गरी भएको मुम्बई हमलाका मुख्य दोषी मेमनलाई बिहीबार भारतीय समय अनुसार विहान साढे ६ बजे भारतको नागपुर सेट्रल जेलमा फाँसीमा चढाइएको थियो ।मेमनलाई बिहिबार विहान सात बजे फाँसी दिइएको छ । उनले मार्च १२, १९९३ मा साढे १ देखि साढे ३ बजेबीच मुम्बईका विभिन्न स्थानमा गराइएका शृंखलाबद्ध १२ वटा बम विष्फोटमा २ सय ५७ जनाको ज्यान गयो भने ७ सय १३ जना घाइते भए ।
फाँसीमा चढाउनुअघि मेमनको अन्तिम इच्छा :
सुप्रीम कोर्टबाट बुधबार राति फांसीको माफी खारेज भएपछि उनलाई जेल सुप्रीटेडेण्ट योगेश देसाईले नजिकैको कुर्सीमा बसाए । त्यो क्रममा उनलाई अन्तिम इच्छा सोधिएको थियो ।
तब याकूबले भाई सुलेमान, काका भाई उस्मान र वकीलसँग भेट गर्ने इच्छा व्यक्त गरे तर, उनलाई भेट्न दिइएन् । उनीहरु जेलको सुप्रीटेडेण्ट बस्ने कोठामा थिए । त्यो बेला याकूब कोठा बाहिर बसेका थिए । त्यही बेला याकूबले भाईलाई भित्र बसेको देखे । उनले कराउँदै भाईलाई भाउजु र र छोरीको जुबैदाको ख्याल राख्न आग्रह गरे ।
याकूबका एक साथी कौशल पाण्डेका अनुसार याकूबका लागि सबैभन्दा खुशीको पल त्यो थियो जब उनकी छोरी बोर्ड परीक्षाको नतिजा सुनाउन आएकी थिईन् उनी आफ्नी छोरीको विहे भएको हेर्न चाहन्थे ।source:nepaljapan.com



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.