.सासू सीता र प्रकाशबाट पिडीत भएँ : सिर्जना त्रिपाठी (प्रचण्डकी बुहारी)
Advertisement

सिर्जना त्रिपाठी, यो नाम प्राय सबैंलाई थाहा होला । किनकी उनी नेकपा माओवदीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । नेकपा माओवदीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया गर्ने गरेको भए पनि सासू सीता दाहालका कारण लाजिम्पाट छाडेर माइत जानुपरेको सिर्जनाको दुखेसो छ । प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जना अहिले पोखरामै स्नातकोत्तर पढिरहेकी छन् ।

प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई आफू र प्रकाशवीच अहिलेसम्म विवाह दर्तासमेत नभएको दुखेसो पोखेकी छन् । सिर्जनाको भनाइ छ-’मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो । म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन । त्यसले पनि समस्या पारेको छ । स्कुल भर्ना गर्दा जन्मदर्ता चाहिन्छ । अझ अर्को समस्या त हाम्रो विवाह दर्तासमेत गरिएको छैन । उतिबेलै मैले ‘विवाह दर्ता गरौँ’ भनेकी थिएँ ।
विगततिर फर्किंदै सिर्जना अगाडि भन्छिन्, १७/१८ वर्षकै उमेरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग मेरो बिहे भयो । ०६४ माघ ३ गते म बुहारीको रूपमा प्रचण्डको घरमा भित्रिएँ । प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ । प्रकाशले विभिन्न तरिकाले अहिले मसँग सम्बन्धविच्छेद मागिरहेका छन् । तर, म किन दिन्छु र यति सजिलै । अहिले म डिग्री पढ्दै छु । हेरौँ, अगाडि के हुन्छ सिर्जनाले भनिन्
source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.