.दीपकराज गिरीसँग दीपाकोे फोटोसुटमा देखिएको दृष्य (भिडियो सहित
Advertisement

मिडिया एनपी, काठमाडौं, १ साउन । आजबाट साउन सुरु भएको छ । साउन शुरु भएसँगै युवतीहरुको हत्केलामा मेहेन्दी र नाडीमा काँचका चुरा लगाउने चलनले व्यापकता पाएको छ । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउन भरि परम्पराको रुपमा चल्न थालेको छ । साउन महिना शुरु भएलगतै किशोरी नवयुवती र विवाहिता महिलाको हत्केलामा बुट्टेदार मेहेन्दी र नाडीमा काँचका हरिया पहेला चुरा लगाएको देखिन्छ । विशेषत हिन्दु धर्ममा विश्वास राख्ने महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रुपमा मनाउँछन ।
साउनमा अविवाहिता युवतीले हरियो काँचको चुरा र मेहेन्दी लगाउदा भावी श्रीमान आफैले चाहे जस्तै राम्रो र आफुलाई माया गर्ने पाइने विश्वास रहिआएको छ भने विवाहिता महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै लगाउने विश्वास रहिआएको छ । यो महिनामा शिव भगवानको पुजा आरधना गर्ने र ब्रत बस्ने चलन छ । यो लहर सामान्य मान्छेदेखि चर्चित कलाकारसम्म चल्ने गरेको छ । साउनको हरियो पहिरनमा चर्चित हास्यकलाकार दीपाश्री निरौलाले यो बर्ष पनि ब्रत बस्ने र असल श्रीमानको कामना गर्ने भएकी छन् ।
साउनको पहिलो दिन नै हरियो पहिरन र नारीभरी चुरा लगाएर बाहिर निस्किएकी निरौलाले पत्रकारहरुलाई साउने पोज दिन भ्याएकी छन् । उनले चलचित्र ‘वडा नम्बर ६’को पोस्टर सार्वजनिक कार्यक्रमको पुर्वसन्ध्यामा साउने पोज दिन भ्याएकी हुन । उनले फोटो पोज दिने बेलामा दीपकराज गिरीलाई पनि छाडिनन् । पहेलो पहिरनमा उपस्थित भएका दीपकलाई दीपाले हरियो र रातो रंग मिसिएको उनको घुम्टोमा सजाएकी छन् । उनले हरियो पहिरनमा रमाइ रमाई फोटो सुट गराएकी छन् ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.