लाखौं दिल धड्काएकी नायिकाको गुमनाम मृत्यु
Advertisement

पाकिस्तानमा जन्मेकी एउटी केटी कुनै समय मायानगरी मुम्बईको बलिउडको धड्कन थिइन्। बलिउडमा सन् ५० दशकमा आफ्नो दमदार उपस्थिति जनाएकी ती मुम्बईकी धड्कन शिला रमानीको यसै साता बुधबार निधन भएको खबरबाट बलिउड बेखबर रह्यो। शिलाले देवानन्दसँग जोडी बाँध्दैं ‘ट्याक्सी ड्राइभर’बाट डेब्यू गरेकी थिइन्।

सन् १९५० मा ‘मिस सिम्ला’ टाइटल समेत जितेकी शिलाको नाम फिल्मक्षेत्रमा छिर्नुपूर्व शिला केवरमनी थियो । अभिनयसँगै शिलाको बोलिहाल्लान जस्ता आँखा र रंगीन स्वभावको पनि चर्चा हुनेगर्थ्यो। शिलाको बुधवार मुम्बईदेखि पाँच सय किमी पर मध्य प्रदेश स्थित मउ भन्ने ठाउँमा निधन भएको हो।
उनको निधनपछि बलिउड चुपचाप रहेको छ । उनलाई कसैले औपचारिकरुपमा श्रद्धाञ्जली र श्रद्धासुमन समेत व्यक्त गरेनन्।
 १४ फिल्ममा अभिनय गरेकी शिलालाई त्यतिबेला बलिउडले मान्ने स्टारमा पर्थिन । व्यापारी पतिका कारण अष्ट्रेलिया, कोलम्बिया लगायत धेरै देश चहारेर अन्तिम सास फेर्ने उनी आफ्नो बाल्यकाल बितेको घरमा फर्केकी शिलालाई बलिउडले  याद नगरेकोमा  भारतीय सञ्चारमाध्यमले आश्चर्य प्रकट गरेका छन्। उनी लामो समयदेखी बिरामी थिइन्। उनका दुई सन्तान रहेका छन्।
  source kala.setopati

Advertisement


, , ,

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.