.एउटा मोबाइल चोरिँदा मलेसियामा बबाल मच्चिए....हेर्नुहोस भिडियो सहित
Advertisement

चोरीको घटनालार्इ जातीय रंग दिइँदा देशभर तनाव एजेन्सी : लाखौं नेपाली नागरिकहरु रोजगारीमा रहेको मलेसियामा मोबाइल फोन चोरीको एउटा घटनाले देशभर बबाल मच्चिएको छ । मोबाइल चोरीको घटनाले यति ठूलो रुप लिएको छ कि त्यहाँका प्रधानमन्त्रीले समेत त्यसबारे आफ्नो धारणा सार्वजनिक बाध्य भएका छन् । प्रधानमन्त्रीले यस घटनाको भित्री कथा बाहिर ल्याउँदै देशमा भित्रभित्रै सल्किरहेको जातीय द्वन्द्वको आगोको समेत उजगार गर्न पुगेका छन् । ११ जुलार्इमा क्वाललाम्पुरको एक सपिङ मलमा स्थानीय मलाया मूलका दुर्इ मानिसले एक दोकानबाट मोबाइल फोन चोरी गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । मलाया समुदायका युवाले मोबाइल चोरेको दोकानका मालिक भने चिनियाँ मुलका थिए ।मोबाइल चोरिएको पसल मलेसियास्थित स्ट्रेट्स टाइम्सका पत्रकार सेनोन तिओहले बिबिसीलार्इ बताएअनुसार पक्राउ परेकामध्ये एक युवालार्इ प्रहरीले छाड्नेबित्तिकै उनले केही साथीसहित लिएर ती चिनियाँ मूलका ब्यापारीमाथि मरनासन्न हुने गरी कुटपिट गरेका थिए । यो घटनाक्रमलार्इ प्रत्यक्ष हेरिरहेका एक व्यक्तिले भिडियो बनाएर फेसबुकमा हालिदिए । जुन भिडियो केही दिनमै ८ लाख पटक सेयर भइसकेको छ । भिडियो हेरेपछि सामाजिक सञ्जालमा चिनियाँ समुदायविरुद्ध जातीय टिप्पणीको वर्षा नै शुरु भयो । मलेसियन र चिनियाँबीच भएको झडपमा घाइते युवा घटनाले उग्ररुप लिएपछि प्रधानमन्त्री नाजिब रजाकले पनि फेसबुकबाट चेतावनी दिँदै यो घटनालार्इ अपराधिक मामिलाकारुपमा हेर्नुपर्ने धारणा सार्वजनिक गरे ।
 उनले अपराधिक घटनालार्इ जातीय रंग दिइएको प्रति कडा आपत्ति जनाउँदै भीडको शासनको मानसिकताबाट जोगिन पनि जनतालार्इ अपिल गरे । बीबीसीका अनुसार मोबाइल चोरिनु तनाबको बाहिरी कारण भए पनि भित्री कारण भने फरक रहेको छ । यो घटनापछि शुरु जातीय तनावपछि राजधानी क्वालालाम्पुरसहित देशभर सुरक्षा कडा पारिएको छ । गतिला र ठूलो पोस्टका जागिरमा चिनियाँले कब्जा जमाउन थालेपछि रुस्ट भएका स्थानीय मलाया समुदायको आक्रोशका रुपमा यो घटनालार्इ लिइएको छ


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.