मन्त्रीको प्रस्ताब नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो
Advertisement

काठमाडौं - मंगलबार राष्ट्रपति भवनमा आयोजना
गरिएको ‘ राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण
समारोहबाट नायिका नम्रता श्रेष्ठ एकाएक
हराउँनुको रहस्य खुलेको छ ।

उनी हराउँनुको रहस्य
पुरस्कार छनौट समितिका सदस्य समेत रहेकी
अभिनेत्री करिश्मा मानन्धरले खुलाएकी हुन् ।
करिश्माका अनुसार यसपटक उत्कृष्ट अभिनेत्रीको
अवार्ड नम्रतालाई दिने लगभग निश्चित भैसकेको
थियो । जुरी सदस्यहरु पनि यसमा एकमत देखिएका
थिए । तर , सरकारी अवार्ड न परे । झन् त्यसमाथि
ग्ल्यामरप्रेमी मन्त्री मिनेन्द्र रिजालको मन्त्रालयले
वितरण गर्ने अवार्ड । त्यसैले अन्तिम समयमा आएर
मन्त्रीजीले अर्की अभिनेत्री रिचा शर्माको नाम
सिफारिस गरिदिनुभएपछि नम्रताको भागबाट
घोषणा नहुँदै राष्ट्रिय अवार्ड खोसियो । त्यसरी
आफ्नो भागको अवार्ड अरुले लिनेभएपछि आत्मिक
रुपमा दबाब र तनावमा पर्नु स्वभाविकै हो । त्यही
तनावले होला नम्रता कार्यक्रममा त उपस्थित भइन् तर
ढिलो आइन् र छिटो गईन् । अरुले कुरा काट्ने मेलो
नपाऊन् भन्ने मात्र उनको उदेश्य थियो । यो कुराको
खुलासा स्वयम् जुरी सदस्य करिश्माले गरिदिएपछि
कलिउड बजारमा केही गसिपहरुले मौलाउँने ठाउँ
पाएको छ । आखिर मन्त्रीजीले नम्रताको अवार्ड
किन खोसिदिए त ? र, रिचालाई नै दिनुको कारण
के हुनसक्छ ? भनिन्छ यस्तै प्रश्नहरु नउठोस् भनेर अर्की
बालकलाकार संगम बिष्टलाई पनि उत्कृष्ट
अभिनेत्रीको अवार्ड दिइएको हो । हुनत , यस्ता
खालका अवार्ड समारोहपछि विभिन्न खालका
चर्चा चल्ने गरेका हुन्छन् । तर , जुरी नै असन्तुष्ट हुनुले पक्कै
पनि ‘ दालमा केही कालो छ ’ भन्ने देखाउँछ । तर
कालो चाहिं केमा थियो ? समयले नै बताउँला
कि ?

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.