.-पाँचथर:७० वर्षीय वृद्धले पन्ध्र वर्षीया बालिकालाई बलात्कार गरेपछि
Advertisement
पाँचथर, १५ साउन । जिल्ला अदालत पाँचथरले जबर्जस्ती करणी गरेको आरोप लागेका लुङ्रुपा– ३ का ७० वर्षीय देवी राईलाई ११ वर्ष कैद सजाय सुनाएको छ । मुद्दा दर्ता भएको १५ दिनमै राईलाई दोषी प्रमाणित गर्दै सजाय सुनाइएको हो । छिट्टै सुनुवाइ हुनुपर्ने मुद्दामा ढिलाइ हुँदा पीडितले पाउने न्यायको दायरा साँघुरो बन्दै गएका बेला १५ दिनमै मुद्दामाथि फैसला सुनाएर अदालत उदाहरणीय बनेको छ । अदालतले राईलाई कैदसहित रु २५ हजार भरण गर्न आदेश दिएको छ ।
प्रमाण र साक्षी जुटेपछि १५ दिनमै पीडकलाई सजाय दिन सम्भव भएको जिल्ला अदालत पाँचथरका स्रेस्तेदार इन्द्रहाङ योङ्हाङले बताउनुभयो । लगातार सुनुवाइ गर्नुपर्ने किसिमका गम्भीर प्रकृतिका मुद्दाहरु चाँडै किनारा नलाग्दा प्रमाण नष्ट हुने, साक्षीलाई लोभलालच दिने र अन्य किसिमका सौदाबाजीले पीडितले न्याय नपाउने अवस्था छ । संवेदनशील किसिमका मुद्दाको किनारा चाँडो नहुँदा पीडितले मानसिक तनाब खेप्नुपर्छ ।
अपहरण तथा शरीर बन्धक, आगलागी, घरेलु हिंसा, चोरी, जबर्जस्ती करणी, जीउ मास्ने–बेच्ने, ठगी, मानव बेचबिखन तथा ओसारपसारका मुद्दालाई लगातार सुनुवाइ गरी चाँडो न्याय सम्पादन गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।source:tazakhabar
Advertisement