घाइते लडाकू प्रविना गोलेलाई भेटेपछि प्रचण्डले भने- खर्चबर्च पार्टीले बेहोर्छ
Advertisement

६ साउन, काठमाडौं । घाइते लडाकू प्रविना गोले ‘नमूना’को स्वास्थ्य अवस्था बुझ्न एमाओवादी अध्यक्ष प्रचण्ड बुधबार बिहान ललितपुरको बीएण्डबी अस्पताल पुगे । प्रचण्डले नमूनाको सबै उपचार खर्च पार्टीले बेहोर्ने बताएका छन् ।

बुधबार बिहान प्रबिना उपचाररत बीएन्डबी अस्पताल पुगेका प्रचण्डले उपचारमा संलग्न चिकित्सक तथा प्रविनाको परिवारसँग स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।
प्रविनालाई अब चाँडै ठीक हुने आश्वासन दिँदै प्रचण्डले भने-‘अब आत्तिनु पर्दैन, यहाँ आएपछि सबै ठीक हुन्छ ।’
उपचार खर्च पार्टीले बेहोर्ने भन्दै प्रचण्डले भने -‘खर्चबर्च पर्‍यो भने पार्टीले बेहोर्छ, जतिबेला चाहिन्छ भने हुन्छ ।’
जनयुद्धमा एउटा हात गुमाएकी प्रविना हाड र नसाको बिरामका कारण थलिएकी छन् । सुरुमा उनको अवस्थाका बारेमा पार्टी बेखबर रहेको थियो । प्रविणाको स्थितिबारे अनलाइनखबरमा समाचार प्रकाशित भएको भोलिपल्ट प्रचण्ड उनलाई भेट्न अस्पताल पुगेका हुन् ।
प्रविनाले आफूजस्तै धेरै योद्धाहरु अहिले पनि पीडित रहेको, उनीहरु विभिन्न रोगले थलिएको र अपांगता भएर बाँचेको भन्दै उनीहरुलाई सहयोग गर्न आग्रह गरेकी छन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.