आगामी १८ जुलाई २०१५ शनिवारका हुन गइरहेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचन नजिकिदै जाँदा नेतृत्व लिन चाहाने इच्छुकहरुद्वारा प्रचारप्रसारलाई तिव्र वनाएका छन् । यससँगै एनआरएन इजरायलले यो पटक चुनावी प्रतचिस्पर्धावाट एनआरएनए नयाँ नेतृत्व पाउने सम्भावना वलियो वन्दै गइरहेको छ । निर्वाचनकोलागि इच्छुक उमेदवारहरुले आफ्नो उमेदवारी समेत मनोनयन गरिसकेका छन् । उमेदवारहरुले आफ्नो पोल्टामा माहौल तयार गर्न र आफुहरु विजय भएपश्चात प्रार्थमिकताका साथ गर्ने कार्यहरुलाई प्रतिवद्दताका साथ घोषणापत्र वा प्रतिवद्दता जाहेर गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।
यसैक्रममा एनआरएन इजरायलको भावी कार्यसमितिमा उमेदवारी दिएका अध्यक्षका उमेदवार सुन्दरसिंह लामा, वरिष्ठ उपाध्यक्ष टिका पहाडी, महिला प्रतिनिधि उपाध्यक्षमा सिमा श्रेष्ठ, महासचिवमा तिर्थ गौतम, सचिवमा जीवन लिम्वु, कोषाध्यक्षमा नुतन भुसाल, महिला प्रतिनिधिमा सुजाता गौतम, सदस्यमा भारति उमेदवारी दिएका भारती लिम्वु र नयन प्रसाद लिम्वु सहितको टोलीले पनि एनआरएन इजरायललाई इजरायल सरकारको कानूनत दर्ता गर्न वकिलहरुसँग परामर्श गरी दर्ता प्रत्रियालाई अगाडि वढाउने, इजरायलमा कामको शिलशिलामा मृत्युवरण गर्ने नेपालीका परिवारलाई काजकिरायाखर्चकोलागि सहयोग स्वरुप १ लाख रुपैयाँ दिने, विरामी भएर कामगर्न नसकी वा अस्पतालमा परे उनीहरुलाई सक्दो आर्थिक सहयोग गर्ने लगायतका १७ वुंदे घोषणापत्र सार्वजनिक गरेका छन् ।
घोषणापत्रको पूर्ण अंश यसप्रकार छ :
Advertisement