उमेदवारहरुद्वारा घोषणापत्र सार्वजनिक गर्नेक्रम तिब्र (दिपक ओली, विशाल ज्ञवाली लगायतको घोषणापत्र सार्वजनिक)
Advertisement

आगामी १८ जुलाई २०१५ शनिवारका हुन गइरहेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचनले इजरायलमा छुट्टै किसिमको माहोल तय गरेको छ । इजरायलमा एनआरएनको इतिहाँसमा दोस्रो पटक खुल्ला प्रतिस्पर्धाबाट एनआरएनए इजरायलले नयाँ नेतृत्व लिन गइरहेको  छ । निर्वाचनकोलागि एनआरएनको नेतृत्वकोलागि तत्पर इच्छुकहरुले आफ्नो उमेदवारी समेत मनोनयन गरिसकेका छन् । यद्यपी निर्वाचन समितिले ककसले कुन कुन पदकालागि आफ्नो उमेदवारी मनोनयन गरे भन्ने सार्वजनिक गरिसकेको छैन् । तरपनि उमेदवारहरु आफ्नो पोल्टामा माहौल तयार गर्न प्रचारप्रसारमा जुटिसकेको फेसवूक लगायत  विभिन्न सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ । कतिपय उमेदवारहरुले एकल र संयुक्त चुनावी घोषणा पत्र पनि सार्वजनिक गरिसकेका छन् ।

यसैक्रममा दिपक ओलीको अद्क्षयता, बरिष्ठ उपाध्यक्षमा बिशाल ज्ञवाली,  उपाध्यक्षमा छिरिंग शेर्पा, महिला कोटाबाट उपाध्यक्षमा यमुना ढकाल (मुना ढकाल),  महासचिवमा  तेन्जिङ शेर्पा,  सचिवमा विनोद घिमिरे, कोषाध्यक्षमा  तारा वहादुर काउचा,  महिला प्रतिनिधिमा संगिता ओली,  पुरुष प्रतिनिधिमा  वाल कुमार राई, र सदस्यहरुमा रुपमाया रेग्मी (माया खनाल),  ओम गुरुङ, सरिता विष्ट,  गोपी गुरुङ (उमा गुरुङ) को उमेदवारी रहेको टोलीले इजरायलमा एनआरएन इजरायलको सचिवालय स्थापना गर्ने,  स्वास्थ्य विमाको सुविधा पाउन नसकेका कामदारहरुको स्वास्थ्य उपचारकोलागि ६ महिना भित्रमा ५० हजार शेकेलको अक्षयकोषको स्थापना गर्ने, ३ महिना भित्र एनआरएनए इजरायलको आधिकारीक वेब साइट संचालनमा ल्याउने लगायतका १२ बुदे  संयुक्त घोषणा पत्र जारी गरेका छन् । जारी घोषणापत्रमा इजरायलवाट सिप सिकेर स्वदेश फर्किएर वेरोजगारी भएर वस्न वाध्य कामदारहरुलाई नेपाल सरकारको समन्वयिक सहयोगमा सहज रुपमा अन्य विकशित मुलुकहरुमा रोजगारीकालागि पठाउने व्यवस्था गर्ने योजनादेखि लिएर विदेशमा बसोबास गर्ने नेपालीहरुको मतदानको अधिकार प्राप्त गर्न नेपाल सरकारको सम्वन्धित निकायहरुसँग दवावमुलक रुपमा प्रस्तुत हुनेसम्मका महत्वाकांक्षी योजनाहरु समेत घोषणापत्रमा उल्लेख गरिएका छन् । उल्लेखित घोषणापत्र अनुरुप काम हुन सके एनआरएन इजरायल एउटा निश्चित उचाँई लिन सक्ने अनुमान लगाउन सकिन्छ ।

घोषणापत्रको पूर्ण अंश :
स्रोत : नेपाल इजरायल डट नेट


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.