बर्दियाको सीमा नजिक भारतीय प्रहरीद्वारा एक नेपालीको कुटीकुटी हत्या
Advertisement

नेपाल र भारतको सीमामा भारतीय प्रहरीले एक नेपालीलाई कुटीकुटी हत्या गरेको छ । कालिकोटको चिल्खाया घर भएका खडकबहादुर शाहीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बर्दियाको जमुनी नाका नजिकैको सीमा क्षेत्रमा हत्या गरेको हो ।

भारतीय एसएसबीले एक जनाको हत्या गर्नुका साथै उनका अन्य ४ जना साथीहरुलाई पनि नियन्त्रणमा लिएर राखेको छ ।
भारतीय प्रहरीले पक्राउ गरेर नियन्त्रणमा राखेकाहरुमा कालिकोटको चिलखायका लोकबहादुर शाही, टेकबहादुर शाही, तीर्थबहादुर शाही र अनिल शाही रहेका छन् । उनीहरुलाई भारतीय प्रहरीले भारतको मोतीपुर थानामा राखेको बताइएको छ । उनीहरुसँगै रहेका एक जना युवा भने भागेर बच्न सफल भएका छन् । एसएसबीले खड्कबहादुरलाई बिभत्स रुपमा कुट्न लाग्दा सर्खुेतका राजेश शाही भाग्न सफल भएका हुन्।
एसएसबीले ती सबै युवालाई भारत बहराइचको मृगिया मजगाउँबाट पक्राउ गरेको थियो । ती युवाहरुले भारतीय प्रहरीसँग आफूहरुले नेपालबाट मुर्ती लिएर भारतमा बेच्न जान लागेको बताएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिएका छन् । प्रजिअ कुँवरलाई भारतीय एसएसबीले उनीहरु पक्राउ परेको बारेमा जानकारी गराएका थिए । एसएसबीले मजगाउँबाट उनीहरुलाई पक्राउ गरेको र पक्राउ गरिएका मध्ये एक जना भाग्ने क्रममा नालीमा परेर मरेको जानकारी गराएको थियो ।
एसएबीले बर्दियाका प्रजिअलाई त्यस्तो जानकारी दिए पनि प्रत्यक्षदर्शी नेपालीहरुले भने एसएसबीले ती युवालाई नियन्त्रणमा लिएपछि नराम्ररी कुटपिट गरेको र एक जना कुट्दा कुट्दै मरेको बताएका छन् । सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले ती युवालाई कुटीकुटी मारेको देखेको जनाएका छन् ।
यसैबीच बर्दियाबाट प्रहरीको एक टोली ती युवाहरुको अवस्थाबारे बुझ्न भारत गएको छ । प्रहरी उपरीक्षक गोविन्दराम परियारको नेतृत्वमा एक एक टोली भारतको बहराइच गएको प्रजिअ कुँवरले जानकारी दिएका छन् ।source:pardesikhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.