-सिन्धुपाल्चोकमा अर्काे विपत्ति ३ जनाको ज्यान गएयो....
Advertisement

पहिरो र भूकम्पको मारमा परेको सिन्धुपाल्चोकमा अज्ञात रोग फैलँदा ३ जनाको ज्यान गएको छ भने सयौं विरामी परेका छन् ।

सिन्धुपाल्चोकको बतासे–१ स्थित भोटेफुल्पिङमा दुई साता अघि अज्ञात रोग फैलँदा स्थानीयवासी त्रसित छन् । सुरुमा वाकवाक लाग्ने, उच्च ज्वरो आउने जस्ता लक्षण देखिएको तीन चार दिनपछि बिरामीको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ । उक्त रोगको संक्रमणमा परेका मध्य केहीले सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं लगायतका स्वास्थ्य संस्थाहरुमा उपचार गराइरहेका छन् ।अज्ञात रोग फैलिएपछि जिल्ला अस्पतालबाट पुगेको एउटा टोलीले १ सय २५ जनालाई उपचार गरि फर्केको थियो । सो टोलीले भोटेफुल्पिङका आधाजसो विमारीमा डायरिया र त्यसबाहेकका धेरैजसोमा रुघाखोकी भएको जनाएको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.