Breking News.भर्खरै मकैबारीमा गाडेको अवस्थामा टाउको फेला पर्यो
Advertisement
हत्या भएको पाँच दिनपछि सोमबार बिहान प्रहरीले महिलाको टाउको फेला पारेको छ। बिहिबार राति विभत्स ढंगले हत्या गरिएकी ५६ वर्षीया देवकी विकको टाउको सोमबार बिहान प्रहरीले दाङ चौघेरा गुठिगाउँस्थित मकैबारीमा गाडेको अवस्थामा फेला पारेको हो।
दाङमा शुक्रबार बिहान घोराही नगरपालिका वडा नं.–४ चौघेराको कृष्ण टोलमा ५६ वर्षिया देवकी विकको विभत्स ढंगले हत्या गरेको अवस्थामा शव फेला परेको थियो। घटनास्थलदेखि सात सय मिटर पूर्वतिर मकैबारीमा गाडेको अवस्थामा टाउको फेला परेको प्रहरी नायव उपरीक्षक राठोरले बताए। हत्या किन गरेको हो भन्ने बारेमा रमेशले यो खबर तयार पार्दासम्म कुनै कुरा खोल्न नमानेको पनि प्रहरीले बताएको छ।
जिल्ला प्रहरी प्रवक्ता राठोरले भने,‘रातभर फुल्याउँदा फुल्याउँदा बल्ल ठाउको गाडेको ठाउँको बारेमा जानकारी मिल्यो।’ तर हत्या गरिएकी देवकीको भित्रि अंगहरु मुटु,कलेजो, फोक्सो आदि बस्तुहरु त्यहाँ फेला नपरेको पनि प्रहरीले बताएको छ। प्रहरीले ति अंगहरु उसले खाएको हुन सक्ने अनुमान गरेको छ। यअअघि पनि देवकीको हत्या गरेको अभियोग खेपेका रमेशले गाउँमा अस्वाभाविक हर्कत गर्दै आएको स्थानीयले बताएका छन्।
गाउँ घरमा बाख्रा, भेडा मारेर मुटु, कलेजो झिकि खाने गरेको, मानिसको लास गाडेको स्थानबाट लास निकाल्ने गरेको जस्ता हर्कतहरु रमेशले गर्दै आएकोले स्थानीयले उसलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिका रुपमा अर्थ्याउने गरेको प्रहरीले बताएको छ। तर डाक्टरको मेडिकल चेक नगरी उसलाई पागल भन्न नमिल्ने प्रहरीले बताएको छ।
कक्षा १० सम्म पढेको विकले यसअघि घरमा माछा पालन गरेको भएपनि व्यवसाय राम्रो नभएपछि पछिल्लो समय केहि नगरी घरमै वस्दै आएको जानकारी प्रहरीले दिएको छ।
प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठोरले विकले देवकीको हत्या पछि घोराही–लमही सड्क खण्डको चौपटा हुँदै मस्यौट खोला झरेर जंगलै जंगल हिडेर कप्तानगंज जंगलमा पुगेको बयान गरेको जानकारी दिए।
जंगलमा लुकेर बसेको अवस्थामा आइतबार दिउँसो प्रक्राउ परेका बिकको साथमा एक थान खुकुरी समेत बरामद भएको जिल्ला प्रहरी प्रवक्ता राठोरले बताए। शनिबार मात्रै हत्या गरिएकी विकका आफन्तले रमेशले नै देवकीको हत्या गरेको जाहेरी प्रहरी समक्ष दिएका थिए।
हत्या गरिएकी विक दाङ त्रिपुर नगरपालिका वडा नं.–४ स्थित आफनो दाजुकोमा बस्दै आएकी थिइन। उनी विहिबार मात्रै आफनी बहिनी विमलाको घरमा बास बस्न गएकी थिइन। प्रहरीले हत्या गरिएकी विकको समेत मानसिक सन्तुलन ठीक नभएको आफन्तले बताएको जनाएको छ। बहिनी बिमला विकको भान्सा घरमा सुतेकै स्थानमा विभत्स तरिकाले हत्या भएको अवस्था शव फेला परेको थियो। बिक हत्या गरिएकी देवकीको बहिनी विमलाका नाताले देवर हुन्।source taja khabar
Advertisement