फेसबुकमा चिनजान, फ्रान्स लैजान्छु भनी ठगी
Advertisement

३१ असार, काठमाडौं । फेमेली भिसामा फ्रान्स लैजान्छु भनेर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् ।

धरान घर भई काठमाडौं बस्ने सन्तोषी सुब्बासँग ९ लाख ५० हजार ठगी गरेको आरोपमा प्रेवश राईलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ परेका हुन् ।
धनकुटा आहाले २ घर भई हाल काठमाडौं थली बस्ने प्रवेश र सन्तोषीबीच चार वर्ष अद्दि फेसबुकमार्फत चिनजान भएको थियो ।
प्रेवश राईले आफू फ्रान्सको पीआर होल्डर भएको र सन्तोषी र उनका भाइ मनितलाई फेमेली भिसमा लैजाने भन्दै पैसा लिएका थिए ।
रकम लिएपछि प्रवेश फरार भए । सन्तोषीले आफू ठगिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । सनको फ्याटमा खानतलासी गर्दा सन्तोषी र मनितको राहदानी, २ लाख ५० हजार रकम भेटिएको छ ।
प्रवेशलाई ठगी मुद्दामा थप अनुसन्धान एवं कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाखाशाले जनाएको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.