.प्रधानमन्त्री माथि ढ्ंगा, बोत्तल र जुत्ताले हानेर आक्रमण...
Advertisement

फोटो :एजेन्सी
एजेन्सी : सर्बियाका प्रधानमन्त्री अलेक्जेन्डर भ्युसिकमाथि शनिबार बोस्नियामा ढ्ंगा, बोत्तल र जुत्ताले हानेर आक्रमण गरिएको छ ।
१० हजार बढीको समूहमा जम्मा भएका सर्वसाधरणले भ्युसिकमाथि आक्रमण गरेपछि सुरक्षाकर्मीले उनलार्इ कारसम्म पुर्‍याएका थिए ।



आक्रमणका क्रकमा उनीमाथि एउटा ढुंगाले लागेको छ । ढुंगाले लागेर उनको चश्मा फुटेको छ ।
स्रेब्रेनिकामा भएको नरसंहारको २० औं स्मृति दिवसका दिन प्रम भ्युसिक मृतकहरुलार्इ श्रद्धाञ्जली दिन बोस्नियामा पुगेका थिए ।
राजकुमारी एनी पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन पनि विदेशी पाहुनका रुपमा त्यहाँ पुगेका थिए । उनीहरु बोस्नियाका दस हजार मानिससँगै  मृतकहरुलार्इ को श्रद्धाञ्जली दिन त्यहाँ पुगेका थिए ।


बोस्नियाली युद्धका क्रममा जुलाई १९९५ मा बोस्नियाली सर्ब सुरक्षा बलले आठ हजार भन्दा बढी मुस्लिमको नरसंहार गरेका थिए । सर्बियाले नरसंहारपछि बोस्नियाली सर्ब फौजको बचाउ गरेको थियो  ।sourcetaja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.