.आँखा उपचार केन्द्र गुल्मीका कर्मचारीले महिलाको ब्रा चोरे....
Advertisement

गुल्मी, साउन १७ – हेर्दा मान्छे एकदमै भद्र, शिष्ट र मृदभाषी । प्राय जसो टिलिक्क टल्किएको जुत्ता लगाउने । प्राय आईरन नलगाएको कपडा नलगाउने । चिटिक्क पारेर सधैँ ढाका टोपी लगाउँदा एउटा ठुलै भलाद्मी जस्तो देखिने । हो, लवाई–खुवाई, शिष्टता, सभ्यता र उनको देखालो अनुशासनले ‘लालमणी’ सदरमुकाम तम्घासमा एउटा अशल मान्छेका रुपमा परिचित नाम हो । तर, उनको भित्रि कर्तुत एक नम्बर चोरका रुपमा विहिवार मात्रै यहाँको प्रहरीले बाहिर ल्यायो । नेपाल आँखा उपचार केन्द्र गुल्मी शाखाका कर्मचारी हुन् लालमणी ।
अभियोगी लालमणीको कोठाबाट प्रहरीले पक्राउ गरेको सामानहरु यस्ता छन् ।


उनलाई सबैले लालमणीका नामले चिने पनि उनको वास्तविक नाम लालबहादुर खत्री भएको र उनको ठेगना गुल्मीकै पुर्कोटदह–३ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उमेर अन्दाजी ३० वर्षको छ । मासिक २० हजार तलब खाने बताइएका ‘लालमणी’ त्यस आँखा शिविरमा आयोजित विभिन्न कार्यक्रममा आउने विशिष्ट व्यक्तिहरुको स्वागत–सत्कारमासमेत आयोजकका ठुलाबडाहरुले फुरुक्क पारेर अगाडि सार्ने व्यक्ति पनि हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामप्रसाद पौड्याल भन्छन्– ‘के गर्ने मान्छे त हामीले पनि नमस्कार गर्नुपर्ने खालको हो तर हेर्नुस् त, त्यस्तो मान्छेले महिलाको विस्तरादेखि ब्रासमेत चोरेको स्वीकार ¥यो ।’ ‘हो मैले ती सामानहरु चोरी गरेको हुँ, रक्सी खाएको बेलामा केही थाहा नपाउने खत्रीले बताएको’– प्रहरी निरीक्षक पौड्यालले भने । प्रहरीले लालमणीको कोठामा बरामद गरेका समानहरुमध्ये पुरुषका दामी–दामी जुत्ताहरु पनि छन् । महिलाहरुले लगाउने टि–शर्ट, मोजा, झ्यालको पर्दा, तन्ना, वाल्टिन, जग, कुर्ची, सिलेण्डरलगायतका भाँडा–कुँडा र कपडाहरु छन् । प्रहरी निरीक्षक पौड्यालले लालमणीलाई हिजो तम्घासस्थित निजकै कोठाबाट चोरी गरेका ती सामानहरुसहित पक्राउ गरेको जानकारी दिए ।

उनलाई चिन्नेहरु भन्छन्– ‘लालमणी जस्तो मान्छेले चोरे होला भनेर त कल्पनासमेत गर्न सकिदैँन तर के गर्ने कतिपय चोर मान्छे साधु बनेर हिँड्दा रहेछन् । ’ प्रहरीकाअनुसार उनका कोठामा कुनै महिलाहरु बस्दैनन् । उनी विवाहित हुन् तर, साथमा श्रीमती छैनन् । तम्घासमा एक महिलासँग लागेको आरोपमा उनकी जेठी श्रीमतीले केही वर्षअघि प्रहरीमा उजुरी गरेपछि सँगै राखेर पालन–पोषण गर्ने सर्तमा मिलाइएको थियो । अहिले ती जेठी श्रीमती पनि कहाँ छन भन्ने थाहा नभएको बताइएको छ । पुरुषका कपडा र अन्य भाँडा–कुँडा त आफ्नै प्रयोगमा पनि आउने भएकोले चोरे होलान् उनले तर महिलाको ब्रासमेत किन चोरे त ? यस सवालमा एक जनाले व्याङ्ग गर्दै भने– ‘उनले कुनै महिलाको ब्रा चोरेर कोठामा राख्नु भनेको सायद जीवन संगिनीको अभावमा उनीप्रतिको मृगतृष्णा र सम्झना मेटाउन होला ।’source taja khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.