.सभासद्लार्इ हुलाकमार्फत 'प्रेमपत्र' !.आखिर के रहेछ बास्तबिक....पढ्नुहोस पुरा समाचार
Advertisement

काठमाडाैं– विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दलआबद्ध समुदायले अधिकार प्राप्तिका लागि सम्पूर्ण सभासद्लाई साेमबार 'प्रेमपत्र' पठाएका छन्।

साठी लाख दलित समुदायका तर्फबाट सभाध्यक्ष तथा सबै सभासद्लाई स्नेह र प्रेमका साथ दलितमैत्री संविधान जारी गर्न मागसहित 'प्रेमपत्र' पठाइएकाे छ। दलित अधिकार सङ्घर्ष समितिको संयोजनमा गोश्वारा हुलाकमार्फत पठाइएको 'प्रेमपत्र'मा केन्द्र सभामा तीन प्रतिशत, प्रदेशमा पाँच प्रतिशत र स्थानीय तहमा १० प्रतिशत दलितको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, न्याय सेवा, संवैधानिक निकाय एवम् कूटनीतिक नियोगमा सो समुदायलाई अनिवार्य सहभागी गराउनुपर्नेलगायत माग गरिएको छ।

समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडीले अन्तरिम संविधानले सो समुदायका सुनिश्चित गरेका कतिपय अधिकार अहिलेको मस्यौदामा कटौती गरिएको जनाउँदै त्यसलाई सच्याउन आग्रह गरे। दलित अधिकारकर्मी सरु सुनारले राज्यका हरेक निकायमा सो समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता संविधानमा नै गर्नुपर्ने बताए। source nagariknews

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.