.आमिर खान प्रहरी फन्दामा......
Advertisement

मुम्बई । बलिउडका ‘पर्फेक्टनिष्ट’ अभिनेता आमिर खान एक फिल्मका कारण प्रहरीको फन्दामा परेका छन् ।
amir-khan2धर्मका बारेमा कथा बोकेको सफल फिल्म ‘पीके’कै कारण आमिर प्रहरीको फन्दामा परेका हुन् । पहिला पनि विभिन्न धर्मका गुरु तथा भक्तजनकै कारण आमिर कानुनी फन्दामा परेका थिए । तर, यसपटक भने सिधै प्रहरीको फन्दामा परेका हुन् ।

फिल्म पीकेलाई लिएर धर्मको अपमान गरेको भन्दै प्रदर्शनमा आएको पाँच महिनापछि दिल्लीको अशोकनगर थानामा आमिर खानविरुद्ध मुद्दा दर्ता भएको छ । यद्यपी, फिल्म पीकेमा आमिरले पुलिसलाई ठूल्ला(पैसामा बेचिने) मानिस भनेकोमा मुद्दा दर्ता भएको हो । न्यू अशोक नगर थानामा सामाजिक कार्यकर्ता उल्‍हास पीआरले अभिनेता आमिर खानविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
उल्हासको आरोप छ कि आमिरले ‘पीके’मा मात्र पुलिस अफिसर ठुल्ला भनेनन् बल्कि लाल किल्लाका दीवालमा पिसाब फेर्ने काम समेत गरे । उल्हास भन्छन्-‘दिल्ली पुलिसविरुद्ध यो फिल्मका कारण आम नागरिकमा गलत सन्देश गइरहेको छ । जसको जिम्मा आमिरले लिनुपर्छ ।’ उल्हास भन्छन्-‘प्रहरीले आमिरविरुद्धको मुद्दालाई अदालतसम्म पु¥याउनुपर्छ ।
प्रहरीमा प्रहरीकै विरुद्ध बोलेको मुद्दा परेपछि आमिर अप्ठेरोमा परेका हुन् । यदि पुलिसले यो घटना अदालतसम्म पु¥याए भारतको कानुनअनुसार आमिरलाई केही दिन जेल सजायँ समेत हुनसक्छ तथा क्षतिपूर्ति पनि भराइने छ । समाज परिवर्तनको सोचबाट स्वच्छ छवि कमाएका आमिरलाई यो मुद्दाले प्रहरी फन्दामा पारेको हो ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.