.सेल्फी लिँदा जापानीजले अमेरिकनलार्इ नदीमा फाले...हजार पटक हेरिसकिएको भिडियो फेरि एक पटक हेर्नुहोस्
Advertisement

<br />
दुर्इजना विदेशी पर्यटक एउटा सेल्फीकै लागि झगडा गर्न थालेपछि त्यहाँको माहोल तनावपूर्ण बन्न पुग्यो । पहिले कसले सेल्फी लिने होडबाजीमा शुरू विवाद अन्त्यमा कुटाकुटसम्म पुग्यो ।

एक बेलायती पर्यटक आसपासको दृश्यलार्इ सेल्फी स्टिकको माध्यमबाट मोबाइलमा खिचिरहेका थिए । डुंगामा सवार अन्य मानिससँग सोध्दै उनी भिडियो बनाइरहेका थिए । ओपरा हाउस र हार्बर ब्रिजको भिडियो बनाउन ती पर्यटक मग्न भएका बेला सोही डुंगामा रहेका अमेरिका र जापानका दुर्इ पर्यटक आपस भिडेका हुन् ।

दुबै पर्यटकबीच झगडा यतिसम्म बढ्यो कि विवाद कुटाकुटमा परिणत हुन पुग्यो । हेर्दा हेर्दै दुबैजना पर्यटक सेल्फी स्टिकले एक अर्कालार्इ हान्न लागे ।

त्यही बेला जापानी पर्यटकले अमेरिकन पर्यटकलार्इ उठाएर डुंगाबाट नदीमा फ्यालिदिए । अमेरिकन पर्यटकलार्इ नदीमा फ्याकिसकेपछि त्यहाँ रहेका अन्य पर्यटक रमिते बनिरहे ।

यस क्रममा ती बेलायती पर्यटकले यो पुरा घटनाक्रम मोबाइलमा खिचेका हुन् । यूट्यूबमा यो भिडियो 'युएस  र  जापान अल्टिमेट सेल्फी स्टिक फाइट' शीर्षकका साथ उनले अपलोड गरिदिए




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.