.सलमान खानलाई पनि फासिको सजाय ….!
Advertisement
अभिनेता सलमान खानलाई बेला बेलामा हुने बिबादले सताइरहेको हुन्छ |उनि बलिउडका अरु कलाकार भन्दा बढी बिबादित बन्ने गरेका छन् |
यही क्रममा विहीबार भारतमा फाँसी सजायँ सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै सलमानविरुद्ध फाँसी सजायँको माग उठ्न थालेको छ । त्यो पनि सत्तारुढ दलकै नेताबाट । सत्तारुढ भारतीय जनता पार्टीका सांसद उषा ठाकुरले सलमान खानलाई मृत्युदण्ड सजायँ दिन माग गरेकी छिन् ।
उनले याकूब मेमन जस्तैगरी सलमानलाई पनि फाँसीमा झुण्ड्याउनुपर्ने बताएकी हुन् । उषाले देशविरोधी गतिविधी गर्ने अपराधी भएकाले अपराधीको पक्ष लिने पनि देशद्रोही हो भन्दै सलमानलाई फाँसीमा चढाउन अदालत र न्यायधिशलाई आग्रह गरेकी छिन् । सलमानले याकूबलाई फाँसीमा झुण्ड्याउनु दुई दिन अगाडि फाँसीमा चढाउनु गलत कार्य भएको भनेर न्यायलयको अलोचना गर्नेगरी ट्विट गरेका थिए ।
यस्तो विवादास्पद भनाईपछि सांसद उषाका अमर्थक र अचोलक दुई धारमा छुट्टिएका छन् । उनको राजीनितक बजारमा पनि आलोचना सुरु भएको छ । उनका समर्थकले पनि सामाजिक सञ्जालमा मृत्युदण्डको माग गरिरहेका छन् । उषा सत्तारुढ दल भाजपाको मध्य प्रदेशको इन्दौरकी सांसद हुन् ।
तर यस बिषयमा सलमानको पक्षमा अदालतले के निर्णय गर्छ भन्ने बारेमा कुनै प्रतिक्रिया आएको छैन |सलमानले पनि देशद्रोहिको आरोपमा मृत्युदण्ड पाएका मेमनको पक्षमा आफ्नो मत दिएका थिए source nepaljapan.com
Advertisement