.अनुहार चम्किलो राख्नका लागि यस्ता उपाय अपनाउनुहोस ...थाहा पाई राखौं....
Advertisement
मौसम यस्तो छ कि घामबाट छाला जोगाउन निकै मुश्किल परिरहेको छ । यसबाट जोगिनका लागि धेरै भन्दा धेरै आफूलाई घरभित्रै राख्ने कोशिश गर्ने पनि धेरै छन्, किनकि हानिकारक युभि किरणबाट छाला जोगाउनुछ । तर, घरभित्रै बसेर मात्रै काम त चल्दैन ।
कस्तो सनस्क्रिन
सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले स्किनमा हुने मेलेनिन बनाउन सेललाई नोक्सान पु¥याउँछ । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो । सूर्यबाट दुई प्रकारका अल्ट्राभायोलेट किरण धर्तिसम्म पुग्छन्, युभिए र युभिबि । युभिबिलाई सन प्रोटेक्सन फ्याक्टर (एसपिएफ)ले रोक्न सक्छ । यसको अधिक मात्राले युभिवि किरण रोक्न सहयोग गर्छ ।
कसरी लगाउने सनस्क्रिन
घरबाहिर निस्किनु १०–१५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । दुई तीनघन्टा बाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । अक्सर सनस्क्रिन त्यस्तो मान्छेले लगाउनुर्छ, जो धेरै घाममा रहन्छन् । त्यसैगरी कम्प्युटरकाअघि धेरै समय रहनेका लागि पनि सनस्क्तिन लगाउनु जरुरी छ ।
स्विमिङ खेल्ने वा अरु नै खेलकुदमा सहभागी हुनेले वाटरफ्रुफ सनस्क्रिनको प्रयोग गर्दा राम्रो हुन्छ ।
घरमै सनस्क्रिन बनाउने उपाय
थोरै दही लिने, एक चिम्टी हल्दी, थोरै कागतीको रस र टमाटरको रस मिसाएर अनुहारमा लगाउनुपर्छ । बेसनलाई स्क्रबका रुपमा प्रयोग गर्न सकिन्छ भने दुध वा गुलाबजलले अनुहार सफा गर्न सकिन्छ ।
त्यसैगरी थोरै मेवाको गुदी र त्यसमा मह मिसाएर आफ्नो अनुहार र गर्दनमा दल्नुपर्छ । केही समय राखेपछि धुँदा यसले पनि सूर्यका हानिकारक किरणबाट छालालाई जोगाउँछ ।source .osnepal.net
Advertisement