.हिमानीले जब पारसको बेवास्ता गरिन्...
Advertisement
काठमाडौं, १८ साउन । पूर्वराज परिवार राजतन्त्र पुनर्स्थापनाको दौडधुपमा लागिरहेको र पारससँग हिमचिम बढाउँदा अलोकप्रियता बढ्न सक्ने भन्दै पारससँग औपचारिक भेटघाट र सम्बन्ध बाहिर नदेखाइएको भन्दै कान्तिपुर दैनिकमा सीताराम बरालले खबर लेखेका छन् ।
थाइल्यान्डको सुखुम्भितस्थित डेभिस होटलबाट पक्राउ (२६ असार ०७१) परी छुटेलगत्तै नेपाल फर्कन खोजे पनि प्रेमिका कन्निका चाइसनसँगै आउन लागेको भन्दै निर्मल निवासमा प्रवेश नदिने सन्देश साउन पहिलो साता प्रवाह । त्यसपछि पारस उतै रहे ।
२९ माघ– ६ फागुन ०७१
जेलमा रहेका पारसप्रति चासो नदेखाएको भन्दै निर्मल निवास र पत्नी हिमानीको आलोचना हुन थालेपछि २९ माघमा हिमानी पारसलाई भेट्न थाइल्यान्डतर्फ । एक सातापछि ६ फागुनमा काठमाडौँ फर्के पनि उनी पारसलाई नभेटी फर्केको आशंका ।
२६ फागुन ०७१
२३ फागुनमा गाँजासहित पक्राउ परेका पारसलाई नोङ्खाई प्रान्तीय अदालतद्वारा ४५ लाख जमानत दिने सर्तमा धरौटीमा रिहा गर्न आदेश । तर, निर्मल निवासद्वारा धरौटी रकम नपठाइदिँदा थप तीन साता जेलमा । जसका कारण १५ चैतमा तय गरिएको भान्जा पार्थव सिंहको व्रतबन्धमा सहभागी हुन सकेनन् ।
१९ चैत ०७१
चार वर्ष लामो थाइल्यान्ड बसाइपछि काठमाडौँ फिर्ता । तर, निर्मल निवासमा प्रवेश नदिइने भएपछि धुम्बाराहीस्थित कुण्डलिनी क्लबमा बसोवास । १२ वैशाखको भूकम्पपछि छाउनीस्थित बिजयावासमा र त्यसपछि हालसम्म जीवनकुञ्जमा ।
२७ चैत ०७१
छोरा पारसलाई नभेटी पूर्वराजारानी ज्ञानेन्द्र र कोमल छोरी, नातिनातिनाका साथ दिल्ली प्रस्थान । त्यसअगावै हिमानी पनि पारसलाई नभेटी २१ चैतमै नयाँदिल्ली प्रस्थान । यद्यपि, १२ वैशाखको भूकम्पका कारण निर्धारित समयअगावै २ जेठ ०७२ मा पूर्वराजपरिवार काठमाडौँ फिर्ता ।
१०–१३ साउन ०७२
मुटुसम्बन्धी रोगका कारण नर्भिक अस्पतालमा भर्ना भएका पारसलाई ११ साउनमा पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल र पत्नी हिमानीले अस्पतालमै गएर भेटे पनि १३ साउनमा डिस्चार्ज भएपछि पारस निर्मल निवास गएनन् । अहिले उनको जीवनकुञ्जमा बसोवास छ ।source taja khabar
Advertisement