.दलित सभासदमाथि प्रहरीको लाठी, कुटिएका सभाषद अस्पताल भर्ना...
Advertisement

१९ साउन, काठमाडौं ।
संविधानको प्रारम्भिक मस्यौदामा आफ्ना हक अधिकार नसमेटिएको भन्दै दलित अधिकारकर्मीहरुले गरेको विरोध प्रदर्शनमा सभासद्हरु कुटिएका छन् ।

दलित अधिकारकर्मीहरुले मंगलबार विहान काठमाडौको विजुलीबजारमा गरेको प्रदर्शनमा नेपाली काँग्रेसका मानबहादुर विश्वकर्मा, एकीकृत नेकपा माओवादीका दलजित विक श्रीपाली लगायतका सभासद् घाइते भएका हुन ।
माइतीघर मण्डलाबाट निस्किएको जुलुस विजुलीबजारबाट अगाडी बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि बल प्रयोग गरेको थियो ।
प्रहरीले विजुलीबजार अगाडिको भाग निषेधित क्षेत्र भएको भन्दै अगाडि बढ्न नदिएकामा प्रदर्शनकारीहरुले जर्बजस्ती गरेपछि झडप भएको हो । प्रहरीको बल प्रयोगवाट ५० जना भन्दा बढी घाइते भएको संयुक्त दलित संघर्ष समितिले जनाएको छ ।
झडपमा केही प्रहरी समेत घाइते भएका छन । लाठी प्रहारबाट घाइते काँग्रेस सभासद् मानबहादुर विश्वकर्मालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
प्रारम्भिक मस्यौदामा पहिलो संविधानसभामा सहमति भइसकेका विषयलाई समावेश नगरिएको विरोधमा दलित अधिकारकर्मीहरुले मंगलबार सबै जिल्ला सदरमुकाममा प्रदर्शनको कार्यक्रम राखेका थिए ।source nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.